गाडी जाम, बन्दैन समयमा काम

शोभा पन्त तिवारी

गन्तव्यमा पुग्न हाम्लाई समय नै टर्नि,
सँधै ढिला पुग्ने भैयो लौ न कसो गर्नि ।

काममा पुग्न आफ्नै साधन किनेकिछु मैले
रिसै उठ्ने गाडी जामको मुक्ति मिल्ने कैले ।

बाटो सानो, धेरै साधन चाहिएकै छैन
जाम हटाउन सरकारको ध्यान गाको हैन ।

फुटपाथ सानो मान्छे हिड्न सँधै लाग्ने डर
पढेलेखे बुद्दिजिवी जान छाडे आफ्नै घर ।

सरकारले नै ठुला गाडी सार्वजनिक चलाऊ
व्यक्ति साधन कर लिएर जनता नअल्मल्याऊ ।

बाटो जामले कति पिढा भोग्नु पर्यो धेरै
गन्तव्यमा पुग्न नपाई बाटैमा समय जान्छ खेरै ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button