
संसदीय निर्वाचन नजिक आउनै लाग्दा नरध्वजका ७ सुझाव
नरध्वज तामाङ (क्षितिज)
संसदीय निर्वाचन नजिक आउनै लाग्दा राजनीतिक बृत्तमा धेरैखाले चर्चा परिचर्चा शुरु हुन थालेको छ । विभिन्न पार्टीका विभिन्न खालका डेट स्पायर पात्रहरु र सपनाहीनहरुको व्यापक चर्चा र हल्लिचल्ली हुन थालेको छ । तर निम्न महत्त्वपूर्ण कुराहरुमा कसैको ध्यान गएको देखिँदैन । केही सुझाव :
१. भोटो धेरै फटाएका सिनियरहरु मात्रै Candidate का लागि योग्य हुन्छन् भन्ने पुरातनबादी मनोबिज्ञान हामीमा ब्याप्त छ । यो धेरै हदसम्म गलत हो । नोट : अग्रजहरुप्रति हार्दिकतापुर्वक गरिने उच्च सम्मान आफ्नो ठाउँमा छँदैछ ।
२. जुनियर तर योग्यता, क्षमता, समग्र सुझबुझ र भिजनको हिसाबले निकै अब्बल पात्रहरुको नाम यो माहोलमा लिन त के सोच्नसम्म कसैमा फुर्सद नभएको देखिन्छ । हुनत हामी ब्यक्ति केही होइन भन्छौँ तर ब्यक्ति सहि हुँदा धेरै कुरामा फरक पार्छ । यसले नि हामी फेरि पनि नराम्रोसँग चुक्दैछौँ भन्ने सङ्केत दिन्छ ।
३. जुनसुकै तहको चुनाव आए पनि दाबी गर्ने र आफैं उठ्नुपर्ने – आफूबाहेक अरु कोहि नदेख्ने एकखाले प्रवृत्ति ब्याप्त छ । यो एकदमै गलत हो ।
४. चुनाव पैसाले लड्ने र जित्छ भन्ने एकदमै महाभ्रम बजारमा ब्याप्त छ । यसलाई हामीले चिर्न सक्नुपर्छ । त्यो आजसम्म सकेनौँ । अहिले थोरबहुत चिर्न सकेनौँ भने भोलि पुरै राजनिती पैसाको पोल्टामा पुग्ने निश्चित छ ।
५. राजनीतिमा लामो समयको निरन्तरतामात्र प्रधान कुरा होइन । तपाईं थोरै समयमात्र इन्गेज भएको नैं किन नहोस् तर Best पर्फर्मेन्सका साथ लागेको छ अनि उपयुुक्त ठाउँ पाउँदा न्याय गर्नसक्ने क्षमता पनि छ भने स्पेस पाउनुपर्छ/दिनुपर्छ भन्ने लाग्छ । पुर्ख्यौली सम्पत्ति हस्तान्तरण गर्याजस्तो बाजे – बुबा – छोरा – नाति गरेर क्रम मिल्नुपर्छ भन्ने छैन ।
६. यी र यस्ता धेरै कुराहरुमा मुलधारका भनिने राजनीतिक पार्टीहरुले बेलैमा ख्याल नगर्ने हो भने बालेन प्रवृत्ति आजको भन्दा १० गुणा बढी शक्तिशाली भएर आउने निश्चित छ । त्यतिबेला टाउकोमा हात राखेर सोचेर के गर्नु !
७. हुन त सुझाव भन्या जिनिस तितो नैं हुन्छ । मेरो सानोतिनो अनुभवले नि त्यही भन्छ । सबैजसो पार्टीहरुमा सुझाव लिनुपर्नेहरु नमस्कार फर्काउन नि गाह्रो मान्छन् । के को सुझाव सुन्नु ! तर यी कुराहरु सत्य हुन् । पछि रामराम भनेर के गर्नु ! यतिखेर बोल्नैपर्ने बेला पनि भएकाले यति लेखेँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



