‘श्रीमतीजी ! महङ्गीका कारण खर्च कटौती गर्ने होइन, पैसा बढी कमाउनुपर्छ पैसा

लघुकथा: महङ्गीको मार

मञ्जु मञ्जुभाषिणी

‘महङ्गीले आकाश छोयो । कसैले नियन्त्रण गर्नेवाला छैन बरु झन् झन् महङ्गी बढ्नेवाला छ । अब खर्च घटाउने केही योजना बनाउनै पर्छ’, रमाले भनिन् ।

‘श्रीमतीजी, महङ्गीका कारण खर्च कटौती गर्ने होइन, पैसा बढी कमाउनुपर्छ पैसा’, सागरले भने ।

‘होइन खर्च कटौती गर्ने तरिका सिक्नुपर्छ । आजदेखि लागू गरी हेर्दा हुन्छ । आजदेखि दूध ल्याउन बन्द गर्नुपर्छ, आयुर्वेदका ज्ञाताले पनि दूधले ग्याष्ट्रिक बढाउँछ भन्छन्, बरु कालो चिया पिउने । मसला पिस्ने मेसिनका साटो सिलौटो प्रयोग गर्ने यसले शरीरको कसरत पनि हुन्छ, खाना आधा पेट खाने आखिर रामदेवले पनि अल्पाहारमा जोड दिन भनेका छन् । खाना भिजाउने न हो, त्यसैले दाल पातलो बनाउने । सब्जी,साग र अचारका ठाउँमा एक छाकमा एक चीज मात्र बनाउने, यस्तै यस्तै’, रमाले भनिन् ।

उनले आज बिहानको खानपानमा केही तरिकाहरू अपनाइन् । दिउँसो उनलाई बेस्सरी टाउको दुख्यो ।

टाउकामा फेटा बाँधेर उनले सागरसित भनिन्,’डेरीबाट चाँडै दूध लिएर आउनू । दूधवाला चिया पिउन नपाएर टाउकै फुट्न लाग्यो ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button