
मलाई गर्भपतन गराउनु है आमा
बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी
आमा !
तिमी गर्भवती हुँदा भिडियो एक्सरे गर्नु है
डाक्टरले छोरा भन्यो भने मलाई जन्माउनु
छोरी भन्यो भने गर्भपतन गराउनु है आमा
मलाई छोरी भएर जन्मनु छैन ।
ती निर्दोष नारीहरु ले न्याए पाएका छैनन्
अझै आमा
निर्मला स्कूलबाट घर आउन पाइनन्
अनि सम्झना
आफ्नो बाबुले रुखमा बाँधेर बलात्कार गरेको देखेर
अब मलाई डर छ आमा
भो मलाई नजन्माउनू
मलाई गर्भपतन गराउनु है आमा
मलाई छोरी भएर जन्मनु छैन ।
सबै कुरा फेरियो
नियम फेरियो
कानुन फेरियो
तर दोहोरियो त्यही बलात्काको घटना आमा
मोरङमा विद्यालय सुरक्षित रहेन आमा
शिक्षा दिने गुरुको नै विश्वास रहेन आमा
मलाई गर्भपतन गराउनु है आमा
मलाई छोरी भएर जन्मनु छैन ।
मलाई त्यति बेला जन्माउनु है आमा
जुन दिन सबैले न्याय पाउने छन्
बलात्कारीलाई फाँसी होइन,
लिंग काटिदिने व्यवस्था मिलाउने छन्,
जिउँदो भएर पनि
मरे तुल्य हुने छन् बलात्कारी
त्यस दिन खुसीले मलाई छोरी जन्मियोस् भन्दै
मलाई जन्माउनु है आमा
तर अहिले मलाई गर्भपतन गराउनु है आमा
मलाई छोरी भएर जन्मनु छैन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



