फोटो देखेर पुरस्कार पाउनुभएछ भन्ठानेको त बित्नु पो भएको रहेछ

सम्झना

प्रतिभा सुवेदी

यति छिटो हामीमाझ बाट छिनेर कोभिडको महामारीले लैजाला भनेर सपनामा पनि चिताएको थिइनँ । श्रावण ३० को बिहान चिया बनाएँ अनि चियाको सुर्की तान्दै मोवाइल हेरेँ । र, सधैँजस्तै फेसबुक पनि खोलेँ । रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद वलीको पोष्टमा उहाँको सुन्दर तस्वीर देखेँ । ए केही पुरस्कार पाउनु भएछ क्यारे भनिठानेँ । कोभिडले डा भोलामान सिंह बस्नेतलाई दुखः दिएको थाहा पाएको थिइनँ । रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानले उहाँलाई रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कारले २०१४ मा सम्मानित गरेको थियो । किनकी उहाँले नेपाललाई धानमा आत्मनिर्भर बनाउने सपना देखेर लागि पर्नु भएको थियो । प्रतिष्ठानको विभिन्न कृषि विधामा निर्णायक समितिको संयोजन गर्नु हुन्थ्यो, जुन प्रतिष्ठानमा म पनि सम्मिलित थिएँ र बारम्वार भेट भईरहन्थ्यो ।

यसका साथै नवराज चालिसेलगायतले संचांलन गर्नुभएको मिडिया ग्रुपले पनि उहाँलाई अन्तरक्रिया कार्यक्रमहरुमा ससम्मान संलग्न गरेको थियो । जहाँ मेरो पनि संलग्नता छ । न्युज २४ को टिभि कार्यक्रममा पनि धानदिवस असार १५ मा अन्र्तवाताआउने गर्दथियो । विशेष कार्यकैममा संगै आआपना धारणा पेश गर्ने गरेका थियौ । ती सबै दृष्य मेरो अगाडि आयो । मन पनि खिन्न भयो एकतमासको भयो ।

भोलामान सिंह बस्नेत नेपालको एक विशिष्ठ कृषि वैज्ञानिक तथा धानबाली विशेषज्ञको निधन भएको खबर पढेर म निशब्द र मर्माहत भएँ । यो कोरोनाले कति मान्यजन र साथीभाईलाई लाने हो ? उहाँलाई पनि कोभिड नामक भाईरस लागेछ र लगिछाडेछ । उपचारले सहयोग गर्न सकेन छ । विभिन्न पुस्तकका लेखक कृषि क्षेत्रका विज्ञबारे हेर्दा हेर्दै फेसबुकभरी अलबिदा डा भोला अल बिदा भनेर आउन थाल्यो । मन लाग्दानलाग्दै हार्दिक श्रद्धन्जली दुखःद खबर भनियो तर भन्न नपरेको भए हुने थियो । नियति यस्तै रहेछ भनेर चित्तबुझाउनु बाहेक के नै छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button