जुन घरमा महिलाको सम्मान हुन्छ, त्यहाँ भगवान घुम्न आउँछन्

श्री गणेशाय नमः

मंगलवार गणेशको आराधना गर्ने दिन हो । आज साउनको २६ गते । श्रावणशुक्ल द्वितीया तिथि शुरु भएर तृतीया शुरु भएको छ ।

सूर्योदय विहान ५ः३१ बजे र सूर्यास्त ६ः४८ मिनेटमा हुनेछ । मघा नक्षत्र, १०ः०७ पनि पूर्वाफाल्गुनी शुरु हुनेछ । परिधी योग हुँदै शिव योग प्रवेश गर्नेछ । चन्द्रमा सिंह राशिमा हुनेछ ।

अभिजित मुहूर्त ११ः४३ देखि १२ः३६ सम्म रहेको छ । आज राहुकाल ०३ः२९ देखि शुरु भएर ५ः०८ सम्म रहेको छ । राहुकाल भएका समयमा काम गर्दा विचार पु¥याउन भए वेश हुनेछ । हरेक दिनको समय विहानदेखि साँझसम्मको शुभ, अशुभ हुन्छ । शुभ समयमा काम गर्दा सफल हुने संभावना रहन्छ ।

आजका देवता विश्वकर्मा र ग्रहदेव शनि । आजको योगअनुसार तपाईमाथि निकै दुःख दिइएका शत्रुको विरुद्वमा गरिएको कार्य सफल हुनेछ । प्रतिशोध र प्रतिस्पर्धामा शत्रुमाथि विजयप्राप्त हुने दिन रहेको छ । सनातन शास्त्रले सकेसम्म कसैलाई पनि पनि हानी नहुने काम गर्नु भन्ने ज्ञान दिने गर्दछ । तर, कुनै व्यक्तिले अति नैं दुःख दिने काम गर्छ भने त्यसलाई शत्रु मानेर उसका विरुद्ध पनि कार्यृ गर्न चाहिँ निषेध गरिएको छैन ।

निर्माण भएको घरको मंमतसंहार गर्दा मंगलवार र आजको दिन शुभ छ । घरको कुनै धारा, घरमा टुटेफुटेको छ भने आज नयाँ सामान खरिद गरेर जडान गर्नुहोला । वास्तुशास्त्र अनुसार घरमा लिक हुने धारा प्रयोग गर्नुहुँदैन । घरका टुटेफुटेको सामान तुरुन्तै फेर्नु पर्दछ ।

मंगलबार र आजको दिन ऋण कर्जा लिने काममा अघि नसर्नु जाती हुनेछ । उत्तर दिशातर्फको लामो यात्राका लागि आजको दिन शुभ मान्न सकिदैन । आजको दिन परिवारमा पैतृक सम्पत्तिको विषयलाई लिएर विवाद गर्नु हुँदैन ।

आजको दिन उच्चपदस्थ व्यक्ति, सरकारी अधिकारीसँग भेटघाट गर्दा कार्य सफल हुनेछ । आफूले सम्मान गर्ने व्यक्तिसँग वार्तालाभ गर्दा राम्रो सल्लाह र सुझाव प्राप्त हुनेछ ।

आजको दिन जहाँ सम्मान पाइन्छ, त्यस ठाउँमा र आफन्तसँग मात्र भेट गर्दा राम्रो हुन्छ । अपमान र छुद्र र स्वार्थी भावना राख्ने व्यक्तिसँग टाढा रहनु पर्छ ।

र, अन्त्यमा

हरिणिप्रेक्षणे यन्न गृहिणी न विलोक्यते ।
सेवितं सर्वसम्पद्व्भिः अपि तद्भ्वनं वनम् ।

अर्थातः महिला घरका देवता हुन् । जुन घरमा महिलाको सम्मान हुन्छ, त्यहाँ भगवान पनि घुम्न आउँछन् । यस्तै जसको घरका आमा, दिदी, बहिनी श्रीमतीको व्यबहार मृगनयनी जस्तो हुन्छ, त्यो घर स्वर्ग हो । तर, धन सम्पत्ति भए पनि र घरमा नोकरचाकर राखे पनि महिलाको व्यवहार छुद्र छ भने त्यो घर होइन, उजाड वन हो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button