
आज शत्रु भेट्दा क्रोध बढ्नसक्छ
ब्राह्मणपुत्रको लकडाउन डायरी–९२
बिहिबार १४ साउन २०७८ । श्रावणकृष्णपक्ष षष्ठी ।
साउन महिनाको बिहिबार गुरुव्रतको दिन हो । बिहिबारको दिन अध्ययन अध्यापनको दिन हो र बिहिबारलाई गुरुबार पनि भनिन्छ ।
सूर्योदय ५ बजेर २६ मिनेटमा र सूर्यास्त ६ बजेर ५६ मिनेटमा हुनेछ । १ः५२ देखि ३ ः३३ सम्म राहुकाल रहेको छ । बिहान ११ः४४ देखि अभिजित मुहूर्त शुरु हुन्छ भने १२ बजेर ३८ मिनेटको समयसम्म रहन्छ । अभिजित मुहूर्तमा शुभकार्य शुरु गर्दा राम्रो हुन्छ ।
चन्द्रमा मीन राशिमा छ । आज उत्तरभाद्रपदा नक्षत्रमा शुरु भएर मध्यान्ह पछि रेवती नक्षत्रमा प्रवेश गर्दछ ।
बिहिबारको दिन बहुृमुल्य धातुका सामान खरिद गर्न सकिन्छ । सुन, चाँदी हिरा किनबेचका लागि आजको दिन उत्तम छ । कुनै शैक्षिक संस्थामा अध्ययनका लागि भर्ना हुनु छ भने बिहिबारको दिन रोज्नु होला ।
शिक्षक र विद्यार्थीहरुले विहीबारको दिन खानपानमा ध्यान दिनु होला । सात्विक भोजनले नै मन, तनमा शान्ति प्राप्त हुन्छ ।
आजको दिन ब्यापार ब्यबसायको शुरुवात गर्न सकिन्छ । भवन निर्माणको काम र विलासिताको सामग्री लिन र दिन सक्नुहुन्छ ।
आजका देवता इन्द्र र ग्रहदेव मंगल हुन् । कलाकारिता र मनोरन्जनका क्षेत्रमा काम गर्ने व्यक्तिको लागि पनि बिहिबार उत्तम दिन हो । कुनै नयाँ चलचित्रको शुरुवात गर्न आजको दिन निकै उत्तम छ ।
आजको दिन लामो यात्राका लागि त्यति शुभ छैन । यात्रा गर्नुपर्ने भएमा विहान सूर्योदयको दर्शन गरेर यात्रा शुरु गर्न सकिन्छ । मित्रजनहरुसँगको भेट र संवादका लागि आज वा विहीबारको दिन उत्तम मानिन्छ ।
आज शत्रु भेट्दा क्रोध बढ्नसक्छ । त्यसैले तपाईं आज आफना मित्रलाई भेट गर्नु सक्नुहुन्छ । गुरुजन र मित्रलाई भेट गर्दा केही उपहार दिनुभयो भने सुनमा सुगन्ध हुनेछ ।
आजको दिन घरका श्रेष्ठ र आफना गुरुजनलाई कुनै वस्त्र र उपहार दिनुभयो भने उहाँहरुले दिनुहुने आशीर्वादबाट तपाईको उन्नती र प्रगति हुँदै जानेछ ।
आज तपाईको घर नजिक सरस्वतीको मन्दिर छ भने परिक्रमा गर्दा राम्रो हुन्छ । त्यो संभव छैन भने घरमा सरस्वतीको तस्वीर हेर्दा मात्र पनि सकारात्मक सोच अभिबृद्धि हुन्छ । सरस्वतीस्त्रोत्र पाठ र श्रवण गर्दा समेत फाइदा पुग्नेछ ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



