
अस्तुसँगै अस्ताएको सपना
नागरिक नियति
जीवन भुजेल ‘संघर्ष’
सुखी शान्त संसार अनि सानै भए पनि सबैको मन अटाउने घर बनाउने, बुवाको उपचार समयमै गर्ने, छोरीलाई राम्रो स्कुलमा पढाउने, मन पर्ने खेलौना किनिदिने र स्वानीलाई सानै भए पनि हातमा सुनको बाला लगाइदिने ।
यस्तै यस्तै अनगिन्ती सपनाहरु बुन्दै लाखौँ नेपाली विदेशी भूमिमा आफ्ना असफल प्रयास गरिरहेका हुन्छन् ।
खेतका प्रत्येक फाँटहरुमा लहलह बाला झुलाउने, दशैंमा कानमा जमरा अनि निधारमा टिका लगाएर बाआमाका न्यानो आशिर्वाद लिएर पिङ खेल्दै हाँस्दै रमाउने, तिहारमा दिदिको हातबाट सप्तरङ्गी टिका लगाउने ।
यस्तै अनेकौं सपनाहरु संगाल्दै अनिश्चित भविष्य लिएर लोकबहादुर शाही वैदेशिक रोजगारीमा मलेसिया हानिएका थिए । टन्न कमाउने सबै सपना साकार पार्ने उद्देश्यले पुगेका थिए । सबै सोचेको जस्तो कहाँ हुन्छ र ?
काम भनेको जस्तो नहुँदा, भाग्यले अर्कै रोज्दा साउने भेलले झै सपना सबै बगाएको छ । कारणबस् मृत्युलाई अंगालोमा बाध्न बाध्य भए । अस्ताउँदो सूर्यले गिज्याएझै सबै सपना अस्तुसँँगै अस्ताएको छ। लोकबहादुरसँगै धेरै शवहरु अनि अस्तु नेपाल आउँदा सारा नेपालीलाई भाविहॄल बनाएको छ ।
सारा परिवारलाई भाविहॄल बनाउदै आफ्नो छोरा अस्तुका रुपमा घर फर्कदा कुन निस्ठुरी आमाको मन नरोला ? छोराको यस्तो अवस्था देख्दा कुन बाबुका आँखा नरसाउला ?
कति नारीका हातका चुरा फुटाएर अनि निधारको सिन्धुर पुछिएको छ । कति बालबालिकाहरू टुहुरा हुनु परेको अवस्था छ ।
सबै सपनाहरुलाई वास्तविक रुप दिन भाग्य अनि मेहनत दुबैले साथ दिनुपर्छ । विदेशी भूमिमा संघर्षशील प्रत्येक नेपालीको यथार्थ तितो रही आएको छ ।
विदेशी भूमिमा संघर्ष गरिरहेकाले कहिले पाउने आफ्नै देशमा रोजगारी ? कहिले आफ्नै परिवारका साथमा बस्ने ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



