फेसन डिजाइनिङ पढेर किन बुटिक नखोलेको ?

प्रतिभा तिमल्सिना

फेसन भनेको लोकप्रिय अथवा भर्खरै चलेको लुगाको स्टाइल हो । उदाहरणको लागि अचेलको फेसनमा प्लाजो, गररा, सरर, धोती सुरुवाल छ भने कुनै उत्सव र चाडपर्वहरुमा परिवारका सदस्यले एक अर्कासँग मिल्ने पहिरन लगाउन थालिएको छ ।

डिजाइन भनेको योजना हो । समग्रमा फेसन डिजाइनिङ भनेको कुनै पनि कपडाबाट फरक फरक किसिमको पहिरन बनाउने कला हो ।

बिशेषगरी नेपालमा फेसन डिजाइन भनेपछि बुटिक मात्र बुझ्ने गरिन्छ । बुटिक् भन्ने शब्द फ्रेन्च भाषाबाट आएको हो, जसको अर्थ स्टाइलिस पहिरन, गर(गहना र अरु विलाशिताका बस्तु बेच्ने सानो पसल हो । तर, हामीकहाँ सामान्य कपडा बेचिने र सिलाइ गरिने पसललाई पनि बुटिक भन्ने गरिन्छ । फेसन डिजाइन बिषयभित्र फेसन डिजाइन सँगसँगै धेरै बिषय र क्षेत्र जोडिएका हुन्छन्ः

फेसन डिजाइन
फेसन स्केचिङ
फेसन मर्चेनंडाइजिङ्ग
फेसन् स्टाईलिङ्ग
ग्राफिक डिजाइनिङ्ग
टेक्सटाईल डिजाइन र टेक्सटाईल केमेस्ट
सिलाई
इम्ब्रोइडरी
उधमशीप्लता
ड्रेपिङ्ग र ग्रेडिङ्ग
बिषेश आवश्यकता भएका ब्यक्तिका लागि लुगा
फेसन ब्लगिङ्ग आदि ।

माथि उल्लेख गरिएका भन्दा अरु पनि क्षेत्र छन् जुन फेसन डिजाइनिङ डि कोर्सभित्र पर्दछन् । त्यसैले फेसन डिजाइनिङ पढिसकेपछि हामीले बुटिक नै खोल्नुपर्छ भन्ने केहि छैन, हामी अरु बुटिकहरुमा, कपडा उद्योग जस्ले नेपाली बजारको लागि र निर्यात गर्नको लागि खुलेका छन ती उद्योगहरुमा डिजाइनरको रुपमा, मर्चेनंडाइजरको रुपमा फुलटाइम र पार्टटाइम अथवा फ्रील्यान्सर भएर काम गर्न सक्छौं। त्यस्तै ग्राफिक डिजाइनर भएर पृन्टिङ्ग् प्रेस, नेपाली गलैचा, ग्राफिक डिजाइन गर्ने कार्यालयहरुमा काम गर्न सक्छौं । फिल्म तथा टेलिभिजनम कस्ट्युम डिजाइनर, कस्ट्युम स्टाइलिङ्ग, फेसन फोटोग्राफर, फेसन पत्रकार भएर काम गर्न सक्छौं । आफ्नै कपडा उद्योग खोल्ने, फेसन डिजाइङ्गको छोटो अवधिको तालिम, इम्ब्रोइडरी तालिम, सिलाइ तालिम दिने, इम्ब्रोइडरी तथा सिलाइ गर्ने कम्पनी खोल्न सक्छौं । टेक्स्टाइल डिजाइन अन्तर्गत प्रिन्ट र प्याटर्न हातले अथवा कम्प्युटरको सहायताले बनाउने काम गर्न सक्छौं ।

फेसन डिजाइनिङ्गभित्र पनि बच्चाको मात्रै, महिलाको लागि र पुरुषको लागि, बृद्दबृद्दाको लागि, फरक उमेरसमुह अनुसार कुनै एक् उमेरसमुहको लगि मात्र, बिशेष किसिमको शारिरिक आवश्यकता हुने ब्यक्तिहरुको लगि पहिरन तयार गर्ने काम गर्न सक्छौं । यसबाहेक अरु पनि धेरै क्षेत्र छन्, जहाँ फेसन डिजाइनरले काम गर्न सक्छन् ।

यो लेख पढिसकेपछि फेसन डिजाइनिङ पढेर बुटिकमा नै काम गर्नुपर्छ अथवा बुटिक किन नखोलेको भनेर प्रश्न गर्नुहुन्न भन्ने अपेक्षा छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button