
तिम्रो अस्तित्व बोल्छ
गुरु ब्रम्हा, गुरु बिष्णु, गुरु देव महेश्वर
गुरु साक्षात् पर ब्रम्ह
तस्मै श्री गुरुवे नमः
सफायर शाक्य
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु, काठमाडौं ।
एकलव्यको अटल गुरुभक्ति समेटिएर,
निरन्तर सम्मानित यो दिन ।
कस्तो निर्भीक होलान् उनी,
द्रोणाचार्यलाई अङ्गुली दिन ।
सदैव रहून् मेरा झुकेका शिर माथि तिम्रा कर,
मेरा मनमा तिम्रा आस्था रहुन्जेल लाग्दैन मलाई डर ।
तिम्रा आशीर्वाद पाई
तिम्रो नाम जप्दा नित्य कल्याण मिलिरहोस्,
तिम्रा कौशल्यले मेरापथमा,
नित्य प्रकाश छाइरहोस् ।
सृष्टिको अन्तिम प्रलयसम्म पनि,
तिम्रा अस्तित्व यस्तै रहोस्,
मेरो मनमा बास गरेका तिम्रा, पाउमाथि मेरो शिर राखि,
मेरो अन्तिम सास चलिरहोस् ।
तिमीद्वारारा प्रदत्त, विद्या शिक्षाले अग्नि बन्ने जल,
यो जगतलाई शिक्षित र शान्त पार्ने गुरु तिम्रो बल ।
गुरु भरिपूर्ण भएको यो हाम्रो भगवत् सत्ता,
ब्रम्ह, बिष्णु त कहाँ छन् खै,
तिमी मेरा हौ देवता ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



