
शिष्यका सारथी, पुस्तकका पारखी
मेरा आदरणीय गुरुहरुमा गुरुपूर्णिमाको पावन अवसरमा सुस्वास्थ्य तथा दिर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछु । यहाँहरुको माया र आशिर्वाद सधै पाइरहनेछु । मेरा सम्पुर्ण गुरुहरुको सम्मान गर्दै यो कविता अर्पण गरेको छु ।
पृथ्वीराज चौहान
कक्षा ९, अक्षरा स्कूल, काँडाघारी, काठमाडौं ।
तिमी को हौ ?
काम अनेक
अनि नाम एक ।
तिमी को हौ ?
शिष्यका सारथी
अनि पुस्तकका पारखी ।
तिमी को हौ
सच्चा र निष्ठावान
अनि गनिन्छौ प्रतिष्ठावान ।
तिमी को हौ ?
प्रेरणाको स्रोत
अनि उत्पेरणाको ओत ।
तिीि को हौ ?
सहनशीलताको पात्र
अनि उदाहरणीय चरित्र ।
तिमी को हौ ?
भाग्य विधाता
अनि भविश्य निर्माता ।
तिमी को हौ ?
अनेकतामा एकता
अनि सबैमा समता ।
तिमी को हौ ?
गर्छौ धेरै काम
अनि थोरै दाम ।
तिमी को हौ ?
देखिन्छौ सदावहार
अनि हँसिलो मुहार ।
तिमी को हौ ?
देखिन्छौ सधै चुस्त
अनि व्यवहार दुस्त ।
तिमी को हौ ?
दिन्छौ हौसला
अनि सुनाउँछौ फैसला ।
तिमी को हौ ?
समयको मल्य बुझेका छौ
अनि महत्व बुझाउँछौ ।
तिमी को हौ ?
समय र कामको छैन परिधि
अनि पहिराउछौं विद्यावारिधि ।
तिमी को हौ ?
जिम्मेवारी वहन गर्छौ
अनि स्वावलम्वी बनाउँछौ ।
तिमी को हौ ?
हरेक हृदयको आत्मा
अनि अमर महात्मा ।
तिमीले
हरेक धडकनलाई गरेका छौ स्पर्स
अनि स्वीकार्छन् सहर्ष ।
आफु बलेर
ज्योती दिन गछौ सुरु
त्यसैले तिमी हाम्रो महान गुरु ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



