
लाग्छ, गुरु नै हुन् धरतीका घाम
स्पर्श भट्टराई
कक्षा सात, युनाइटेड स्कुल, इमाडोल, ललितपुर ।
गुरु ज्ञानका सागर हुन्,
शिक्षा दिन्छन् थरि थरि ।
गुरु हाम्रा महान् छन्,
श्रद्धा लाग्छ सधैँभरि ।।
सत्मार्गमा डो-याउने,
कति राम्रो उनको काम ।
लाग्छ मलाई गुरु नै हुन्,
धरतीका उज्जवल घाम ।।
गुरुविना ज्ञान हुन्छ,
अपूर्ण र आधा आधा ।
गुरु ज्ञानले मात्र सम्भव,
फुकाउन संकट वाधा ।।
हाम्रा लागि गुरु खप्छन्,
अपमान कयन थरि ।
गुरुको त्यो असीम प्रेम,
भुल्दिन म कसैगरि ।।
गुरु ज्ञान आशीर्वाद,
सधैँभरि पाइरहुँ ।
असल चेला भई सधैँ,
हृदयमै छाइरहुँ ।।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



