श्रम गरी खान्छु भनी विदेशतिर जाँदा

कविता

ललिता रोकाय पुन
दाङ

चिट्ठी लेख्दै जाँदा रोकिएका हात मेरा
पसिनाले पैसासँग जुटिएका हात मेरा ।

खुशी त कहाँ पाउन सक्थे र आज मैले
ढुङ्गा गिट्टी बालुवामा जुटिएका हात मेरा ।

श्रम गरी खान्छु भनी विदेशतिर जाँदा
दलालीले ठगिएछ खाली भए हात मेरा ।

मलाई घरपरिवारको याद आउँदा सँधै
ती झरेका आशुलाई पुछ्दै गर्ने हात मेरा ।

केहि मनका कुरा आज लेखी पठाऊँ भने पनि
अशिक्षा र अन्धकारमा रोकिएका हात मेरा ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button