
फूलिरहेका फूल, डुलिरहेछन् रमाएर पुतली हुल
कविताः फूलबारी
बिभव पौडेल
कक्षा ६ ‘ख’, पाठशाला नेपाल फाउण्डेशन, बागडोल, ललितपुर ।
रङ्गीबिरङ्गी फूलबारीमा फूलिरहेका फूल
डुलिरहेछन् रमाएर पुतली हुलका हुल ।
लालीगुराँस, चाँप–चमेली फूले सुनाखरी
यो दृश्य मलाई मनप-यो साथी, फूल हेरी–हेरी ।
बगैँचामा उभिरहेका ठुला–ठुला रुख
यी रुखहरुले हामीलाई दिन्छन् सुखै–सुख ।
मिहिनेत गरी माली दाइले, पानी हाली हाली
लहरा फूलका हुर्किरहेका हेर न ! गल्ली गल्ली ।
कति मिठो बास्ना हेर फूलको मग–मग
सधैँभरी रमाउँ है ! यीनै फूलसँग ।
उपयोगी धेरै छन् है ! यी फूलका बोट
अक्सिजन दिन्छन् हामीलाई, नदेऊ है चोट ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)