कविता लेख्यौ, धेरै नाम कमायौ

कविताः भानुभक्त

इच्छा शाक्य
कक्षा ९, स्वर्णिम स्कुल, डल्लुआवास ।

कलम चलायौ विविध कलामा
लेख्यौ तिमीले अनेकौँ कविता ।

कहिले रच्यौ महाकाव्य
सिकाइ धर्म र कर्म असाध्य ।

तिमीले नै लेख्यौ पुरुषोत्तम रामको जीवन गाथा
मान्यौ कवितालाई नै आफ्नो साहरा ।

घाँसीबाट प्रेरित भइ कविता लेख्न सुरू गर्यौ
सबैको मन प्रसन्न पारी चेतना जगायौ ।

कविताबाट नै नाम कमाउन सूर कस्यौ
संस्कृत होइन नेपालीबाटै कविता लेख्न बस्यौ ।

लेख्यौ अनेकौ कविता र कमायौ धेरै नाम
पुरस्कारकै रूपमा पायौ तिमीले आदिकविको सम्मान ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button