भानु ! रम्घा तिम्रो रमणरसिलो काव्यको राजधानी

कविताः भानुको सम्झना

प्रियाम्सु पुडासैनी
कक्षा ९, स्वर्णिम स्कुल, डल्लुआवास ।

बिहानीको बेला भयो
झलमल्ल घाम लागेकै थियो,
आजै रहेछ भानुजयन्ती
भानुको याद आइ दियो ।

जन्मेका थिए भानु आजै
जिल्ला थियो तनहुँ
आनन्द लाग्छ पढेर सधैं
कविता भानुकै दिनहुँ ।

सहयोग गरे घाँसीले पहिले
प्रेरित उनलाई गराए
केहि वर्षै नबित्दै
भानुले साहित्यलाई माथि पुऱ्याए ।

हातमा पुस्तक बोक्थे उनी
शिरमा टोपी लाउँथे
उनकै कृति नित्य पढी
मानिस सबै रमाउँथे ।

अनुवाद गरे रामायणलाई
नेपालीमा उनले लेखे
उनकै कारण कलमको शक्ति
सबैले आज चिने ।

आदिकवि बनी
हाम्रो मुटुमा बास गरे
हाम्रै नेपाल चिनाउनलाई
सधैं अघि सरे ।

नामजस्तै काम गरी
उज्यालो सधैं छरे
कयौं लेखका माध्यमबाट
जीवनमा उर्जा भरे ।

उनको हरेक कृतिमा
बेग्लै स्वाद पाइन्छ
एकपल्ट भने रामायण पढ
भिन्नै आनन्द मिल्छ ।

हे भानु, तिमी अमर छौ
हेर, गयौ समाज बद्ली
सधैं अर्पेउ मिठा रचना
भावनाको दीप बाली ।

रम्घा तिम्रो रमणरसिलो
काव्यको राजधानी,
गर्भ गर्छन् सारा नेपाली
महान तिमीलाई ठानी ।

मरेर गए उनी
तर नमेटिने छाप छाडे
आफ्नै क्षमता चिन्न सकी
कविता लेख्न सिकाए ।

भानुको मर्म सबैले बुझौं
सम्मान उनलाई गरौं
छातीमा आफ्नो हात राखी
आज उनलाई सम्झौँ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button