
कार्टुन पनि हेर्ने गर्छु, केही बेर पढेपछि
कविताः म
मेधावी शर्मा
कक्षा ४, नवोदय शिशु सदन, हेटौंडा ।
नाम मेरो मेधावी
दश बर्ष भएँ ।
नेपाली हो बोल्ने भाषा
नेपालकै माया गर्छु म ।
गुलाबी रंग मन पर्छ
फलफूलमा सुन्तला
आमा मेरी सजाउँछिन्
फूलहरुले गमला ।
खेल खेल्न मन पर्छ
भाँडाकुँडी र दौडादौडी
कार्टुन पनि हेर्ने गर्छु
केही बेर पढेपछि ।
केही कुरा सिकी जाने
कति धेरै सिक्दै छु
नजानेका कुराहरु
गुरुआमालाई सोध्दै छु ।
प्यारो छु म सबैको
अझै प्यारो बन्दै छु
जान्दछु केही म
सिक्न खोज्छु धेरै
नजानेमा गुरुआमालाई सोध्छु म ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)