अहिले हेर जताततै बढ्यो कोरोनाको डर

जेनिशा पन्त
कक्षा ७, आस्था विद्या मन्दिर, बनस्थली ।

न आतिऔँ सजग बनौँ

चीनबाट आयो रोग, कोरोना यसको नाम
ज्वरो अनि खोकी लगाई दुख दिने यसको काम ।

अहिले हेर जताततै, बढ्यो कोरोनाको डर
सबैजना बस्नुपर्छ, आफैँ सतर्क भएर ।

आज हाम्रै आँखाअगाडि, हेर विज्ञान हार्दैछ
पापी कोरोना छाती फुलाई, विश्वभरी नाच्दैछ ।

लापरबाही गर्दा हामीले, यसले ज्यान लिन थाल्यो
सुरक्षित र संयम् भई सबै बस्ने बेला आयो ।

बेलाबेलामा साबुनपानीले, धुने गरौँ हात
यो भाइरसलाई मिचिमिची, भगाऔँ एकैसाथ ।

भिडभाड नगरेर, सामाजिक दूरी कायम राखौँ
सतर्कता अपनाउँदै आफ्ना कार्य जारी राखौँ ।

अनेकौँ रुप बदलेर, मनुष्यको प्राण लियो
समयमा खोप आ हाम्रो ज्यान बच्ने थियो ।

डाँडाकाँडा चहारेर आफ्नो रुप देखाको छ
मानिसलाई रुवाएर, आफू हाँसी बसेको छ ।

शक्तिशाली देशले पनि परेको छ घुँडा टेक्न
कस्तो रुपरहेछ यसको, सकेन कसैले छेक्न ।

शिक्षक, डाक्टर, समाजसेवी कोही छैन अछुतो
सजग भई बसौँ, फेरि मान्नुपर्ला पछुतो ।

घर बस्दा हिँडडुल गर्दा, माक्स लगाऔँ सबैले
भेटघाट, बिहे, पूजा, व्रतबन्ध रोकौँ अहिले ।

व्यक्ति, टोल, समाज, देशमा जनचेतना जगाऔँ
नआतिऔँ सबै जुटौँ, पापी कोरोनालाई भगाऔँ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button