
अमिसाको ‘एन्टीकोरोना’ अनुरोध
कविता
अमिसा शाक्य
कक्षा ७, आस्थाविद्या मन्दिर, बनस्थली ।
दोस्रो लहरको कोरोनाको डरलाग्दो छ रुप
सबैजना घरै बसौँ, बनौँ हजुर सुरक्षित ।
तड्पाएर सखाप पार्छ , मनुष्यको चोला
सरकारको नियम मानी, घरै बस्नुहोला ।
बालबच्चाको साथमा बसी, सुखदुख बाँड्नू
बहिरबाट ल्याएको सामान सेनिटाइज गर्नू ।
आफ्नै हात हो, किन धुनु भनी अल्छी मान्दा
सर्नसक्छ परिवारमा सुरक्षा नअपनाउँदा ।
छरछिमेकमा बिरामी परे सरसल्लाह दिनू
कोरोना लाुछ, कोही नआउनू, बिन्ति गर्छु नभन्दिनू ।
फोन गरी वा टाढा बसी, बुझ्नु हालखबर
रोगले त आफ्नो-अर्को कहिले कहाँ भन्छ र ?
डाक्टर, शिक्षक, समाजसेवी छोडेन यो पापीले
भेट हुँदा नमस्कार गरौँ हामी सभ्य नागरिकले ।
बाहिरबाट कोही आए, राखौँ क्वारेन्टाइनमा
केकसो छ, समस्या बुझौँ छिनछिनमा ।
केही लक्षण देख्नासाथै डाक्टरकोमा जाऔँ
कोरोनालाई हराउन सावधानी अपनाऔँ ।