बिन्ती छ भगवान ! फेरि गौतम बुद्धको जन्म होस्

कविता

प्रवीज्ञा कार्की
कक्षा ६, हिमरश्मी हाइस्कुल, काठमाडौं ।

अन्यायको भुमरिमा कोहि नपरोस्
नेपालको झण्डा हाम्रो कहिल्यै पनि नझुकोस्
सुन्दर शान्त भनिएको मेरो देशमा
फेरि पनि गौतम बुद्धको जन्म होस् ।

सद्भाव र माया एक आपसमा सधैं रहिरहोस्
अकालमा कोहि पनि मर्न नपरोस्
हत्या हिसां र बलत्कार सधैंलाई अन्त्य होस्
बिन्ती छ भगवान
फेरि पनि गौतम बुद्धको जन्म होस् ।

मान्छेसँग मान्छे अब डराउन नपरोस्
फुल्न लागेको फूल अब ओइलिएर नझरोस्
अब अरु निर्मलाले मर्न नपरोस्
बाबा आमाको काख अब खाली नबनोस्
बिन्ती छ भगवान
फेरि पनि गौतम बुद्धको जन्म होस् ।

पृथ्वीनारायण शाहले आर्जेको मुलुक
कहिल्यै हाम्रो इतिहास नढलोस्
जति रुनु रोइसकिन नेपाल आमा
अब रुन नपरोस्
बिन्ती छ भगवान
फेरि गौतम बुद्धको जन्म होस् ।

लुट्तन्त्र सिमा मिच्ने काम अब बन्द होस
महामारी रोग ब्याधको सिकार बन्न नपरोस्
ऋणको भारी टाउकोमा बोकी परदेशिन नपरोस्
बिन्ती छ भगवान
फेरि पनि गौतम बुद्धको जन्म होस् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button