
बुद्ध बोल्छन् ‘आर्ट एन्ड पोइट्री’मा
कविता-चित्र
अग्रिमा प्रधान
कक्षा-९, स्वर्णिम स्कुल, डल्लु आवास ।
ज्ञानको ज्योति बाल्दै बाल्दै
एसियाका प्रकाश भए बुद्ध
सांसारिक सुखको त्याग गरेर
ज्ञान बाँड्दै हिँडे विशुद्ध ।
आफ्नो भित्री ज्ञान चिनेर
असल र बुद्धजस्तै बन
आफूले गरेका कामहरू सम्झी
यतिउति मैले गरेँ नभन ।
रिसडाह त्यागी टाढा बस्दा
मान्छे त झन् झन् सुखी हुन्छ
त्यसरी काममा मेहनत गर्दा
थकान हट्छ र सफलता मिल्छ ।
हिंसाको बाटो त्याग सबले
सारा धर्तीमा शान्ति मिल्छ
जे छ आफूमा खुसी खोज्दा
प्रेम र आत्मविश्वास मिल्छ ।
समयको महत्त्व बुझी अहिले
आजका काम जति आजै गर
मौका फेरि फेरि नमिल्न सक्छ
सत्यको मार्गबाट भाग्दा पर ।
यसरी संसार सुखी बनाउने
जसरी बुद्धले दिएको ज्ञान
उनको जन्म दिनलाई सम्झी
हामी पनि उनी झैँ बनौँ महान ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
लेखन कला लेखेरै विकसित हुने हो, देखेर होइन ।