
नउठाए देश रुन्छ, उठाउनै पर्छ, होइन भने नेताले त अझै के के गर्छ !
प्रिय बालसाथी ! तिमीहरु कथा लेख । कविता लेख । निबन्ध लेख । र, अरु थुप्रै विधामा मन लागेको लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।
कविता
अभया चक्रधर
कक्षा ८, स्वर्णिम स्कुल, डल्लु, काठमाडौं ।
होइन, के हो र, यो देशको गति !
छैन यहाँ कसैको सहमति
जता गयो दुःख अनि पीडा नै देखिन्छ
तर ऊचाहिँ भाषण दिन मात्रै तम्सिन्छ ।
भोक, रोग र शोकले जनता व्याकुल छन्
ऊ शासक भई टुलुटुलु हेरिरहन्छ
कर तिर्ने जनताहरू खोज्दै छन् सहारा
तर नेता बनाउँदै छ यसैलाई आहारा ।
जे जे गरे भाषणमा लोभ्याउने कुरा
भएकै छैनन् अहिलेसम्म तिनी कुनै पूरा
आफन्तलाई जिताउन अघि अघि सार्ने
राम्रा काम गर्नेलाई सधैं पछि पार्ने ।
हेर साथी यस्तो हाल छ, मेरो प्यारो देशमा
यस्ता मान्छे पुग्दा रहेछन्, साधुजीको भेषमा
एक्लै कुरा उठाउन मनमा धेरै डर छ
नउठाए देश रुन्छ, उठाउनै पर्छ
होइन भने नेताले त अझै के के गर्छ !
Very nice ?