कक्षा ८ पढ्ने लोकश्रीलाई सबैभन्दा मनपरेको मान्छे आफै
लोकश्री आचार्य अमेरिकस्थित फ्रेन्डसीप आइएसडीमा कक्षा ८ मा पढ्छिन् । आम मानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा यसपटक विद्यार्थी आचार्य ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मःम । मिठो छ ।
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
नेपाल । जन्मभूमि स्चस्वर्गगरिदपियसि ।
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
“द क्रुल प्रिन्स” । उमन पावर ईन्सप्रेसन लिन सकिने कारणले ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
म आफै । आफैलाई बढि मन पर्छ ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
पुस्तक पढ्ने बानी । पुस्तक पढेर पुरै सन्सार सैर गर्न सकिन्छ ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
अब्राहम लिंकन । पढ्ने बानी र पढेको कुरा व्यवहारमा उतार्ने बानीका कारण ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
दशैंतिहार । दशैमा मान्यजनबाट टीका र आशिर्वादका साथै देउलीभैलो खेल्न रमाईलो लाग्छ ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
न्युरोसर्जन । न्युरोसम्वन्धी अध्ययन एवं सेवाका लागी ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
पर्पल । स्वत मन पर्छ ।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
“राईजेज द मुन” । मलाई मुन अर्थात चन्द्रमा मन पर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)