दिनमै पाँच हजारको स्ट्रबेरी बेच्ने तीन कक्षा पढ्ने सानीलाई डाक्टर होइन, डान्स टिचर बन्नु छ

शनिबारको दिन थियो ।

भाइरल मन्दिरको रुपमा चर्चित भुवनेश्वरी मन्दिर जाने बाटोमा भेटिइन् तीन कक्षामा पढ्ने सानी नानी । तीनपिप्लेमाथि भेटिइएकी विदुषी गजुरेल स्ट्रबेरी बेच्दै थिइन् ।

नानीले भनिन्, ‘पाँच हजार रुपियाँसम्मको बेच्छु । तर, शनिबारमात्रै । अरु दिन त म आउँदिन र अरु मान्छे पनि खासै आउँदैनन् ।’ तर उनलाई व्यापार गर्नुभन्दा पढ्न सजिलो लाग्छ रे ।

‘पढ्यो भने ठुलो मान्छे बन्न सकिन्छ, डक्टर बन्न सकिन्छ । तर, म भविष्यमा डान्स टिचर बन्न चाहन्छु’, त्यति भन्दै, उनी गीत गाउन थालिन्, ‘मेरो माया डाँडा पारी ।’

रमाइलो, रोचक र प्रेरणादायी कुराकानीको लागि तलको भिडियो क्लिक गरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button