असन: पसले त लुगा भन्दा कुरा बेच्दो रै छ, झिम्काउँदै आँखा भन्थ्यो नानी राम्री रै छ

बालगीत

तारा केसी

बाबासँग नाना किन्न असन बजार गएँ
झिलिमिली बजार हेर्दा दङ्ग म भएँ
जताततै मान्छे- मान्छे गाडी सडकभरि
छलिएला भन्ने डर लाग्थ्यो घरी- घरी ।

कोहि माग्दै सडकमा कोहि सामान बेच्दै
कोहि हुन्थे हतारोमा कोहि फोटो खिच्दै
अन्नपूर्ण मन्दिरभरि झिलिमिली बत्ती
मानिशको भिडभाड पनि हुने कति- कति ।

बाबासँग असन बजार भोटाहिटी हिडे
एउटा जामा किन्न थियो पसलभित्र छिरे
पसले त लुगा भन्दा कुरा बेच्दो रै छ
झिम्काउँदै आँखा भन्थ्यो नानी राम्री रै छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button