धनको घमण्ड गर्ने मान्छे
अनुस्का ज्ञवाली
कक्षा ५, न्यू होराइजन स्कुल, बुटवल
एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा एउटा धनी र निकै घमण्डी मानिस थियो । अर्को निकै गरीब र इमान्दार मानिस पनि त्यस गाउँमा बस्दथ्यो ।
धनी मानिसले आफ्ना छोराछोरीलाई जथाभावी रुपमा मागे जति पैसा दिन्थ्यो तर उनीहरुलाई नैतिक शिक्षा दिदैनथ्यो । छोराछोरीहरुमा पनि धनको निकै घमण्ड थियो । हामीले जे गरे पनि कसैले केही पनि गर्न सक्दैन किनभने हामीसँग प्रशस्त पैसा छ भन्ने उनीहरुमा अहमता थियो । एकदिन त्यो घमण्डी मानिसको छोरालाई लागुपदार्थ सेवन गरेको देखेर प्रहरीले चौकीमा लग्यो । चेकजाँच गर्दा उ साँच्चिकै लागुपदार्थको कुलतमा फसेको रहेछ ।
प्रहरीले उसलाई जेल चलान ग¥यो । उसको बुवा आमले हामीसँग पैसा छ भन्दै प्रहरीलाई घुस दिएर छुटाउने प्रयास गरे तर प्रहरी त्यही गरीब मानिसको छोरा थियो र उ निकै इमान्दार मानिस थियो । उसले घुस उनीहरुको बुवाआमालाई पनि सम्झायो । घुस लिनु र दिनु दुबै देशका सत्रु हुन । म यो घुस लिन्न । आप्mनो छोराछोरीलाई नैतिक शिक्षा दिनु भनेर भन्यो ।
त्यो धनी मानिस आफुले राम्रो शिक्षा नदिएको र धनको घमण्ड गरेकोमा पश्चाताप गर्दै घर फर्कियो । त्यहाँ आएका अन्य गाउँलेहरुले प्रहरीलाई स्याबासी दिए ।
हामीले यस कथाबाट बच्चाबच्चीलाई पैसा मात्र दिएर हैन अभिभावकको रेखदेख र नैतिक शिक्षाको खाँचो छ र घुस लिनुदिनु हुन्न भन्ने शिक्षा पायौं । जसले गल्ती गर्द उसले सजाय पाउनु पर्छ भन्ने ज्ञान यस कथाबाट पायौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)