पढ्ने बेला पढ्नुपर्छ, खाने बेला खानुपर्छ, खेल्ने बेला खेल्नुपर्छ

विद्यार्थी जीवन र अनुशासन

विपश्वी श्रेष्ठ
८, ख, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं

मानिसको जीवन एउटा क्रमिक रूपमा चल्ने प्रक्रिया हो । जन्मेपछि सानोमा बिस्तारै सिक्ने क्रम सुरू हुन्छ, यही अवस्था विद्यार्थी अवस्था हो । यति बेलादेखि नै हामी नियममा बाँधिनुपर्छ । यसै क्रमलाई अपनाउन अनुशासनको जरुरी हुन्छ । अनुशासन भनेको नियमको पालना हो । हामीले जीवनमा आवश्यक नियमहरुलाई पालना ग-यौँ भने मात्र हामी सफल हुन सक्छौं ।

विद्यार्थी जीवन र अनुशासन एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन् किनभने विद्यार्थीहरू जीवनमा अनुशासित भएन भने त्यो विद्यार्थी एउटा अशिक्षित व्यक्तिसरहको हुन्छ । त्यो विद्यार्थी कक्षामा पढाएको ध्यान दिएर सुन्दैन र कक्षाकार्य र गृहकार्यहरू पनि पूरा गर्दैन । त्यसपछि ऊ पढाइमा कमजोर साबित भएपछि ऊ र उसको खराब बानीलाई कसैले पनि मन पराउँदैनन् । उसको जीवन एक्लो हुन्छ अनि अनिन्त्रित र अन्धकार हुन्छ । त्यसैले, हामी अनुशासित हुनुपर्छ । पढ्ने बेला पढ्नुपर्छ, खाने बेला खानुपर्छ, खेल्ने बेला खेल्नुपर्छ ।

यसरी क्रमिक रूपमा काम गरेर र निश्चित नियमहरूको पालना गरेर हामी अनुशासित बन्नुपर्छ । हामी अनुशासित भयौँ भने हामीलाई सबैले राम्रो ठान्छन् र हामीसँग मिल्न रुचाउँछन् । हामीले पनि अनुशासित र राम्रा स्वभावका मानिसहरूको मात्र सङ्‌गत गर्नुपर्छ । त्यसो ग-यौँ भने हाम्रो जीवन अनुशासित हुन्छ । हा‌मीले कामहरू क्रमिक रुपमा गर्दै जान सकेमा अनुशासनको पालना गर्न सकेमा हाम्रो जीवन व्यवस्थित हुन्छ र हाम्रो भविष्य पनि उज्यालो हुन पुग्छ । हाम्रो जीवनको अनुशासबिना कुनै अर्थ रहँदैन । हामी सबैको जीवनमा एउटा लक्ष्य पनि हुन्छ । त्यस लक्ष्यलाई हासिल गर्न पनि हामीलाई अनुशासनको आवश्यकता हुन्छ । अनुशासनले हामीलाई कता के काम गर्ने भन्ने कुरा पनि सिकाउँछ । त्यसैले अनुशासन हाम्रो जीवनमा निकै महत्त्वपूर्ण हुन्छ ।

यसरी अनुशासन अथवा नियम पालनाले हाम्रो जीवनलाई नै विशेष अर्थ दिएर एउटा निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै कारण हामी सबैको जीवनमा अनुशासन निकै आवश्यक हुन्छ । अनुशासनले हामीलाई जीवनमा कहिले, कता र कसरी कति परिश्रम गरी आफ्नो लक्ष्य हासिल गर्ने भन्ने सिकाउने भएकाले नै यो निकै महत्त्वपूर्ण कुरा हो । हामीले यसको महत्त्व बुझेर आफ्नो जीवनमा पालना गरी जीवनलाई सार्थक बनाउन सक्नुपर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button