
नेपालमा जस्तै हरेक देशमा धार्मिक सहिष्णुता पालना हुन सके धर्ती कति सुन्दर हुन्थ्यो होला

धार्मिक सहिष्णुता
दिप्सन क्षेत्री
८, ख, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं
विभिन्न धर्मका बीचमा हुने आपसी सहयोग, सद्भाव र सम्मान नै धार्मिक सहिष्णुता हो । नेपालमा धर्म निरपेक्ष र सहिष्णुताको देश हो । नेपालमा विभिन्न धर्म जातिका मानिसहरु छन् । ती मानिसहरूले अरु धर्म, जातका मानिसलाई सहयोग र सम्मान गर्छन् । यो सबै कुराका आधारमा हामी हाम्रो देश नेपाल एक धार्मिक सहिष्णुता भएको देश हो । भन्ने कुरा बुझ्न सक्छौँ ।
कुनै पनि क्षेत्रमा धार्मिक सहिष्णुताको पालना गर्नुका धेरै फाइदाहरू छन् । नेपालमा विभिन्न जातजातिका मानिस बस्दछन् । तिनीहरू नेपालमा मिलीजुली सहयोग सद्भाव र एकअर्काको बीचमा सम्मानको भावना बोकी बसेका छन् । धार्मिक सहिष्णुताले गर्दा नेपालको हरेक ठाउँमा विभिन्न धर्मका मानिसहरूका बिचमा शान्तिपूर्ण वातावरण बनाएको छ । जब कुनै पनि समाजमा विभिन्न धर्मको मानिसका बीचमा सम्मान हुन्छ, त्यहाँ मानिसहरू एकअर्कालाई हरेक काममा सघाउँछन्, एकअर्काको राम्रो काम भएमा सँगै खुसियाली मनाउँछन् । एकअर्काको चाडपर्वहरूमा साथ दिन्छन् । यसले गर्दा हामीले अरु धर्मको जानकारी, उनीहरूले चाडपर्व मनाउने विधि, उनीहरुका मीठा खानेकुराको बारेमा थाहा पाउने मौका पाउँछौँ । नेपाललाई वि। सं २०६४ जेठ ५ गते धार्मिक स्वतन्त्रताको देश भनेर घोषणा गरिएको थियो । नेपालमा हिन्दु, बौद्ध, किराँत, इस्लाम, इसाई, सिख आदि धर्म मान्ने मानिसहरू छन् । ती मानिसहरूले मान्ने सबै धर्मको सार एउटै हुन्छ । सबै मानिस आफ्ना धर्मका विशेषता, चाडपर्व, धार्मिक स्थलहरू जान्छन् । स्वयम्भूनाथको स्तुप मुख्य रूपमा बुद्ध धर्मसँग जोडिएको धार्मिक स्थल हो तर यहाँ बौद्ध धर्मावलम्बीहरूका साथै हिन्दुहरू पनि उत्तिकै श्रद्धाका पूजा आजाका लागि जान्छन् । यो साझा धार्मिक आस्थाको ज्वलन्त नमुना हो । यस्ता कुराहरू नेपालका थुप्रै चाडपर्वमा पनि देख्न सकिन्छ । धार्मिक सहिष्णुताको अवस्था नेपालमा कस्तो छ भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ । नेपालमा विभिन्न जातजाति भएर पनि ती मानिस भेदभावको भावना नराखी एकता, सहयोग र सम्मानको भावाना बोकी धेरै ठाउँमा अघि बढेका छन् । मानिसहरूले यसरी नै एकअर्काको धार्मिक सारहरु बोकी नेपाललाई अघि बढाउनुपर्छ ।
यसरी धार्मिक सहिष्णुताले गर्दा मानिसहरुमा सहयोग, सम्मान र सद्भावको भावना रहन्छ । धार्मिक सहिष्णुता नभए मानिसहरू बिचमा झगडा हुन्थ्यो होला । तर, यहाँ धर्म मात्रै होइन जात, भाषा, क्षेत्रका हिसाबले फरक प्रकृतिका मानिसहरू पनि उत्तिकै मिलेर बसेका छन् । नेपालमा मात्र नभएर हरेक देशमा यस्तै धार्मिक सहिष्णुताको पालना हुन सके यो धर्ती कति सुन्दर हुन्थ्यो होला ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)