काठमाडौं हेरेर, घुमेर हुर्केकी म
मेरो जन्मभूमि
सिम्रिका सिंह
७, ख, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं
आफू जन्मेको स्थानलाई जन्मभूमि भनिन्छ । आमाले नौ महिना कोखमा राखी जन्म दिने जुन धरातल छ, जहाँ हामी पहिलो पाइला टेक्छौँ, त्यही स्थान नै हाम्रो जन्मभूमि हो । सबैलाई आफ्नो जन्मभूमि असाध्यै प्यारो हुन्छ । त्यसैगरी मलाई पनि आफ्नो जन्मभूमि काठमाडौं निकै प्यारो लाग्छ ।
‘काठमाडौं नेपालको राजधानी हो । काठमाडौँ अति सुन्दर सहर हो । यहाँका वरिपरिका पहाडमा धेरै वनजङ्गल छन् । यहाँ धार्मिकलगायतका रमाइला ठाउँहरु छन् । यहाँ घुम्नका लागि धेरै ठाउँहरू छन् । यही ठाउँलाई हेरेर यही ठाउँ घुमेर, म हुर्केकी हुँ । काठमाडौं पहिलेभन्दा धेरै विकसित भएको छ । तर अहिले पनि यहाँ धेरै समस्या छन् । बेरोजगारी, फोहोरको व्यवस्थापन, धार्मिक स्थानहरूको संरक्षणका लागि हुनुपर्ने कार्यहरूको व्यवस्था यहाँ अझै भएको छैन । यस्ता समस्याहरू समाधान गर्न हामीले सहयोग गर्न सक्छौं । जस्तैः फोहोर व्यवस्थापन गर्न हामीले हाम्रो घरको फोहोरहरू बाहिर यत्तिकै फाल्नुहुँदैन । त्यसलाई फोहोरको गाडीमा फाल्दिनुपर्छ । धार्मिक स्थानहरुका संरक्षणका लागि यस्ता स्थानहरुको अगाडि वृक्षरोपण गर्न सकिन्छ । यस्ता स्थानहरूका अगाडि असामाजिक काम गर्नुहुँदैन र यदि कसैले गर्छ भने त्यसलाई सम्झाउनुपर्छ ।
हाम्रो जन्मभूमिको संरक्षणका लागि सरकारलाई पनि जिम्मेवार बनाउनुपर्छ । जस्तै बेरोजगार मानिसहरूलाई उद्योग खोलेर रोजगारीको अवसर प्रदान गर्नुपर्छ । प्रकृतिले दिएको वरदान नै मान्नुपर्छः मेरो जन्मभूमि काठमाडौँ अति सुन्दर छ । त्यसैले यहाँ पर्यटकलाई आकर्षण गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसरी हामी सबै मिलेर आफ्नो जन्मभूमिको संरक्षण र विकास गर्नुपर्छ । आफ्नो जन्मभूमिलाई माया गर्नुपर्छ ।
हामीले आफ्नै देशमा बसेर आफ्नो देशको लागि केही गर्नुपर्छ । वैदेशिक रोजगारीमा नलागी आफ्नै देशको सेवा गर्नुपर्छ । यसरी आफ्नो जन्मभूमि छोडेर गयौं भने हाम्रो जन्मभूमिले दक्ष जनशक्ति गुमाउँछ । त्यसैले हामीले आफ्नो जन्मभूमिमा बसेर जन्मभूमिको सेवा गर्नुपर्छ र तर विदेसिनु हुँदैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)