आहा ! मेरो कल्पनाको नेपाल
रोसन केसी
७, ग, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं
म नेपाली हुँ । मेरो देश नेपाल हो । यो एसिया महादेशमा पर्दछ । मेरो देश सानो छ तर एकदमै सुन्दर छ । मेरो देश सार्क राष्ट्रहरूको एउटा सदस्य राष्ट्र हो । मेरो देश नेपाल धेरै विकसित छैन । उसैमाथि अहिले मेरो देश नेपाल राजनीति र गरिबीको समस्याले थलिएको छ । मेरो देशमा शिक्षाको राम्रो व्यवस्था छैन । मेरो देशका शिक्षित जनशक्ति विदेशमा रोजगारीका लागि जान्छन् । मेरो देश विपनामा त्यति राम्रो छैन तर मेरो काल्पनिक संसारभित्र नेपाल एकदमै राम्रो देश हो ।
मेरो कल्पनामा नेपाल एकदमै विकसित देश बनेको हुन्छ । मानिसहरू रोजगारी खोज्न अरु देशमा नगई आफ्नै देशमा काम गर्छन् । अरु देशका मानिसहरू नेपालमा रोजगारीका लागि आउँछन् । मेरो नेपालको पैसा अमेरिकाको डलरभन्दा पनि महँगो भइसकेको छ । मेरो देश नेपालमा अहिले बत्ती जाने स्थिति नभकन पुरै धर्तीभर बत्ती बेच्ने काम हुन्छ । मेरो देश नेपालमा कोही पनि गरिब छैन । सबैजना धनी छन् । मेरो देशमा शिक्षाको कमी नभई विश्वका सबैभन्दा राम्रा विश्वविद्यालय छन् । मानिसहरू शिक्षाका लागि नेपाल आउँछन् । मेरो देशमा विश्वका सबै प्रकारका प्रकृतिको उपहार पाइन्छ । मानिसहरू विश्वभरबाट नेपालमा साहसिक कार्य गर्न आउँछन् । नेपालमा सबैभन्दा बढ़ी गर्ने पेसा कृषि र उद्योग हुन् । नेपालबाट सबै प्रकारका सामाजिक समस्याको अन्त्य भइसकेको छ। विश्वमा कोभिड १९ जस्ता कुनै पनि रोग आयो भने नेपालले खोप र औषधी बनाउँछ भन्ने विश्वले आशा राख्दछ । नेपाल हरेक क्षेत्रमा विश्वको सबैभन्दा विकसित देश हो । नेपालसँग कोही पनि युद्ध गर्न चाहँदैन । नेपालका वैज्ञानिकहरुले अर्को ब्रम्हाण्डसम्म बस्ती बसाउन पठाइसके । नेपाल एकदमै विकसित देशको रूपमा विश्वभर चर्चित बन्नुको कारण मेरो देशका उद्योगबाट दुनियाभर सामान पुग्छ । नेपालमा मानिसहरुले जे चाहिन्छ त्यही पाउन सक्छन् । नेपाललाई सबै देशका मानिसहरुले धनी बन्ने देश भनेर सम्झिन्छन् । नेपालमा मानिस आउनुको लागि भिसा चाहिन्छ । भिसा पाउन मान्छेले हरेक विषय १०० अङ्क पाउनुपर्छ । नेपालमा कोही पनि गरिब छैन । नेपालमा भाँडा माझ्ने कामबाट पनि विदेशीले महिनामा ३०लाख जति कमाउन सक्छन् । नेपालका मानिसहरूको स्वास्थ्य एकदमै राम्रो छ । नेपालका वैज्ञानिकहरूले आयु बढाउने प्रविधि फेला पारेका छन् । नेपालका एकदमै धनी मानिसहरू मात्र यो प्रविधिको प्रयोग गर्न सक्छ । यसले एउटा मानिसको आयु २० वर्ष सम्म तन्किन सक्छ ।
यसरी हेर्दा मेरो कल्पनाको नेपाल एकदमै राम्रो छ । यही हिसाबले हेर्दा यस देशलार्इ यो स्थानमा पु(याउन नेपाली सबैले प्रयास गरिरहनुपर्छ । म पनि आफनो देश नेपाललाई मेरो काल्पनिक देशजस्तो बनाउने कोसिस गर्छु । म अरुसँग पनि यस्तै कोसिस गर्न अनुरोध गर्दछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)