सडक दुर्घटनाका कारण धेरै

युदिन श्रेष्ठ
६, क, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं

नेपालमा धेरै राम्रा र नराम्रा सडकहरू छन् । राम्रा र नराम्रा दुवैमा सडक दुर्घटना भएको पाइन्छ । दिनदिनै सडक दुर्घटना भएर मानिसको मृत्यु हुने वा मानिसहरू घाइते हुने जानकारी समाचारमा देख्न पाइन्छ । यी दुर्घटनाका कारणहरू धेरै हुन सक्छन् ।

हामीले देखि नै रहेका छौँ, दिनदिनै सडक दुर्घटनामा परेर मानिसको मृत्यु भएको छ र मानिसहरू घाइते पनि भएका छन् । यो मानिसको ढङ्ग र बुद्धिमा भर पर्छ । सडक दुर्घटनाका कारणहरू धेरै छन् जस्तै हामीले जेब्रा क्रसिङ्गको माध्यम प्रयोग गरेनौं भने पछाडिबाट गाडी आएर अप्रिय घटना घट्न सक्छ । त्यसैले हामीले जेब्रा क्रसिङ्ग प्रयोग गर्नुपर्छ । सडक दुर्घटनाको कारण लागुपदार्थ र मादक पदार्थ पनि हो । हाम्रा समाजमा बस्ने मानिसहरू लागु पदार्थ सेवन गर्छन् र गाडी चलाउँछन् । यसो गर्नाले लागु पदार्थले गर्दा होस‌मा नभएर सडकमा मानिसलाई गाडीले हान्न सक्छौँ वा अर्को गाडीसँग ठोक्किन सक्छौँ । हामीले सडकको नियम र नीतिहरूको पनि पालना गर्नुपर्छ तर कोहीकोही मानिसहरू नियमहरूको पालना गर्दैनन् । जस्तैः गाडी चलाउँदा धेरै छिटो चलायौँ भने आफ्नो गाडी अर्को गाडी रोकिरहेको बेला आफ्नो गाडी रोक्न सकेनौँ भने अर्को गाडीसँग ठोकिन सक्छ र बाटो क्रस गरिरहेका मानिसहरूलाई लाग्न सक्छ र ज्यान पनि जान सक्छ ।

हामीले ट्राफिक लाइटहरूमा पनि उत्तिकै ध्यान दिनुपर्छ । यदि दिएनौँ भने रातो लाइटमा रोकेनौँ भने दुर्घटना बढेर जान्छ । मानिसहरूले पनि हरियो लाइट बलेको बेला सडक क्रस गर्नुहुँदैन यदि गरियो भने अप्रिय घटनाहरू घट्न सक्छन् । अब हाम्रो सरकारले पनि राम्रा सडकहरू निर्माण गर्नुपर्छ । यो कारणले पनि पहाडको सडकमा गाडी चलाउँदा नराम्रो बाटोले गर्दा गाडी पहाडबाट खस्नेलगायतका यस्ता घटनाहरू घट्ने गरेको देख्न सकिन्छ ।

यसरी हामीले देख्छौँ कि यी घटनाहरू मानिसको ढङ्‌ग, होसियारी र हाम्रो अवस्थामा भर पर्छन् । थोरै मात्र यस्ता घटनाहरू बाटोको समस्याले गर्दा भएका छन् । त्यसैले सडक दुर्घटना कम गर्न एकातिर चालक र पैदलयात्री होसियार रहनुपर्छ भने अर्कातिर यससम्बन्धि कानुन र बाटाको अवस्था पनि सुधारिनुपर्छ । यसो हुन सकेमा सडक दर्घटनाबाट हाम्रो अमूल्य जीवनको क्षति हुनबाट रोक्न सकिन्थ्यो कि ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button