सौराहाः जे देखाए जिसन महतोले झुवानीमा

नेपालनाम्चा नेपाल यात्रामा छ र चितवन जिल्लाको रत्ननगर नगरपालिका पुग्दा भेटिए जिसन महतो । श्री झुवानी माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्ने महतो नेपालनाम्चा सम्वाददाता भेट्ने बित्तिकै हतारहतार आफ्नो घरभित्र छिरे । र, तत्कालै आँगनमा निस्केर कापीमा उनले कोरेका चित्रहरु देखाए । उनको उत्साहलाई सलाम । र, यो त सुरुवात मात्र हो, अझ राम्रा राम्रा चित्र कोर है भन्दै नेपालनाम्चा त्यहाँबाट बिदा भयो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button