आफूले गल्ती गरेको छैन भने किन मान्नु डर

कविताः जीवन

सुलक्षणा कडेँल (रोशनी)
कक्षा ५, श्री सोभिनियर बोर्डिङ स्कूल, बट्टार, नुवाकोट

आमा र जन्मभुमिको माया
यो दुई दिनको घाम र छाया ।

आँसु रोक्न खोज्दा झर्छ बरर
पीपलमुनि हावा चल्छ सरर ।

जीवनको के छ र भर
आफूले गल्ती गरेको छैन भने किन मान्नु डर ।

नेपाल हाम्रो सुन्दर देश
मनपर्ने हामीलाई नेपालको संस्कृति र भेस ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button