चेली कक्षा खुलेको छ आफ्नै गाउँघरमा

दुर्गा क्षेत्री

आयो अब विकासको लहर
छोराछोरी दुवै हुन् बराबर ।

एउटै बुबा एउटै आमा एउटै बस्ने काख
छोरा जान्छन् पाठशाला छोरी वनपाख ।

बाख्रा हेर्ने, खेतमा जाने, घरमा काम गर्ने
जाँतो पिस्ने रोटी हाल्ने, भाँडा धुन पर्ने ।

भए जति सबै काम छोरीले गर्नु पर्ने
छोराचाँहि मालिक नै भएर बस्ने ।

१२ बर्ष छोरी पुगी, बाबुको भाग्य खुल्यो
पाप लाग्छ छोरी बेचे भन्ने कुरा भुल्यो ।

छोरी बेची ऋण तिर्ने भनेर
जाँड रक्सी खायो भट्टीमा बसेर ।

यस्तो रिति हटाउन, लाउन खान जान
चेली कक्षा खुलेको छ आफ्नै गाउँघरमा ।

गर्छौं विकास कक्षामा पढेर
छोराछोरी समान हुन् भनेर ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button