दियो पनि आफु जल्छ यो संसारलाई उज्यालो दिई

कविताः आशाको किरण

अभया चक्रधर
कक्षा ९, स्वर्णिम स्कुल ।

एक दिन आउने नै छ तिम्रो लागि
दुख, पिडा र सङ्घर्ष सबैलाई त्यागी
त्यसले बनाउने छ तिमीलाई हरदम खुशी
तिमी राख एक मात्र आशाको किरण ।

जीवनका ती खाली पानाहरुमा
भर्नेछ यसले खुशीका अक्षरहरु
बिना रसको संगीतजस्ता दिनहरु बन्ने छ उज्यालो
तिमी राख एक मात्र आशाको किरण ।

दियो पनि आफु जल्छ, यो संसारलाई उज्यालो दिई
हावा पनि बाँच्न मद्धत गर्छ आफु अदृश्य भई
तिमी र हामी पनि गरौँ न केहि
तिमी राख एक मात्र आशाको किरण ।

फलको चिन्ता नगर तिमी, कर्म मात्र गर
आफुलाई समस्या आइपरेमा नजाऊ है पर
यसलाई जितौँला हामी सबै मिली
तिमी राख एक मात्र आशाको किरण ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button