राम्रो हुन्छ बालबालिका कापी र कलममा रमाएका

बालअधिकार

लिला मगर
दोधारा चाँदनी नगरपालिका, कञ्चनपुर ।

हामी बालबालिका हौँ देश निर्माण गर्ने कर्णधार ।
शोषणमा परेका बालबालिकालाई गरौँ है स्याहार ।

बचाउ, संरक्षण, विकास र सहभागिता ४ अधिकार ।
बालमैत्री देश हुन्थ्यो सबैले पाए बाल अधिकार ।

राम्रो हुन्छ बालबालिका कापी र कलममा रमाएका ।
तर हामी देख्छौँ औजार, ईंटा र फोहोर समाएका ।

धेरै राम्रा राम्रा अधिकार छन् बालबालिका लागि ।
तर निति नियममा नै सिमित भए ती हाम्रा लागि ।

सबै बालबालिका खुशी हुनेछन् पाए भने अधिकार ।
अनि मात्र विकास हुनेछ बालबिलकाको नेपालभर ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button