कविताः बत्ती बलिरह्यो भने त…

बत्ती बलिरह्यो भने त हामी सबैथोक देख्छौँ देखेपछि बोल्न थाल्छौँ, चिच्याउँछौँ

भीष्म उप्रेती

बत्ती बलिरह्यो भने त
हामी पढ्न र लेख्न थाल्छौँँ
अङ्कहरू जोडेर, फोरेर अर्थहरू कोर्छौँ
शब्दहरू र वाक्यले बोकेका अर्थका पहाड चढ्छौँ

त्यसैले निभाऊ बत्ती
उज्यालो जति जम्मै निभाऊ
खासगरी विद्यालय र विश्वविद्यालय भएको ठाउँमा
र घना आवासीय क्षेत्रहरूमा बत्ती निभाऊ

बत्ती बलिरह्यो भने त हामी सबैथोक देख्छौँ
देखेपछि बोल्न थाल्छौँ, चिच्याउँछौँ
प्रश्नहरू गर्छौं
अझ दरबारको पर्खालले आवाज छेकिरह्यो भने
जम्मा हुन्छौँ
र भयङ्कर आँधी हिँडाउँछौँ सडकमा

तिमीलाई सबैभन्दा मन नपर्ने कुरा प्रश्न हो
आपूm बाहेक अरूले बोलेको आवाज हो
र, तिमीले सबैभन्दा धेरै घृणा गर्ने भनेको
बाटो छेकेर उभिने जेसुकैलाई पनि उडाउने आँधी हो

त्यसैले कसरी हुन्छ निभाऊ बत्ती

बत्ती बलिरह्यो भने त…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button