खाडीमा आयु बेचिरहेकाे दाजुलाई सकुशल फिराउन सके अहाे भाग्य !

कविता

एलिना अधिकारी

छैन !
अहँ, छँदै छैन !
पटक्कै छैन, मलाई संसार जित्ने चाह !

बस्, मलाई त …
मलाई खुसी राख्न
मेरा ‘बा’ले बन्धकी राखेकाे
त्याे मुस्कान फिर्ता गराउन सके
अहाे भाग्य !

मलाई
किताबकाे झाेला बाेकाउनका खातिर
मेरी आमाले हड्डी घाेटिने गरी बाेकेकाे
त्याे डाेकाे बिसाउने चाैतारी बनाउन सके
अहाे भाग्य !

मलाई
मेरा सपनाहरुसम्म पुग्ने भ-याङ्ग किन्न
खाडीमा आफ्नाे आयु बेचिरहेकाे
मेराे दाजुलाई
सकुशल यहि माटाेमा फिराउन सके
अहाे भाग्य !

मलाई
जन्मने अधिकार दिएकाे याे माटाेलाई
मेराे उपस्थिति र अस्तित्वमाथि
गाैरव गर्ने एक अवसर दिन सके
अहाे भाग्य !

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button