सुस्मिता नेपालको ‘सम्झना’

कविता

तिम्रो सम्झनामा
आँसु भएकी छु
तिमीलाई मेरो आँसुको
मूल थाहा छ ।
त्यो कसरी बग्छ
कतिसम्म बग्छ
कहाँ पुगेर झरना हुन्छ
र, झरिरहन्छ ।

आजको दिन
म तिमीलाई
मात्र तिमीलाई
सम्झन चाहन्छु ।

सङ्गीत भएका तिमी
सङ्गीतकै लहरले
चुम्न चाहन्छु
तिमी सङ्गीत हुँदा
सङ्गीतको एकान्तमै
डुब्न चाहन्छु
तिमी सङ्गीतको भावसँगै बग्दा
म तिम्रै मायाको
सङ्गीतमा बगेको हुन्छु ।

आजको दिन
म तिमीलाई
मात्र तिमीलाई
सम्झन चाहन्छु
सम्झनुको आनन्दको
अनुभूति हुन चाहन्छु ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button