हराएको छैन नि प्रिय ! परिस्थितिले लुकेको हुँ

मुक्तक

एक्लो प्रितम खड्का
रुपन्देही


रमेकै छु छातिमा शुल रोपेर
चट्टानमा मायाको मुल रोपेर !
जानेरनी दुई किनार भेट हुँदैन
पर्खदै छु बगैंचामा फुल रोपेर !


बिधाताले भाग्य लकिर केर्नै बिर्सिएछ
दुःख पछि सुख मलाइ फेर्नै बिर्सिएछ !
लेख्न त लेख्यो भाग्य अस्पष्ठ र मधुरो
कहाँ नेर कमि छ भनी हेर्नै बिर्सिएछ !


तिमी घाम हुनु म पुर्णिामाको जुन बनिदिउँला
कसि लाउनु पर्दैन अकबरी सुन बनिदिउँला !
आरोह अवरोह हजार अनि लाख आए पनि
तिम्रा अङ्गअङ्गमा सञ्चार हुने खुन बनिदिउँला !


दिलको राजा बन्छु दिलमा सालिक बनाइदेउ
अनमोल तिम्रो जवानीको मालिक बनाइदेउ !
यसरी हराउँला नि प्रेममा प्रेमको सिमा नाघी
निमेषका लागि होइन अहँ कालिक बनाइदेउ !


हराएको छैन नि प्रिय परिस्थितिले लुकेको हुँ
गल्तीले होइन हारेर नि जित्नलाइ चुकेको हुँ !
राम्रो र असल बनी हेर चोट खान्छौ चौतर्फी
फलेको बृक्षको धर्म बुझेको छु रै झुकेको हुँ !

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. राम्रो अनि सोझो बने चुक्नुपर्दो रहेछ
    अन्तसम्म टिक्नलार्इ त झुक्नुपर्दो रहेछ,
    कतिमिठो भाव !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button