हतारले छुटेका खुशीहरु

हतार

कविता
शिल्पा लोचन

हतार छ यहाँ
सेकेन्ड सुईलाई
हतार छ मिनेट सुईलाई
अनि हतार छ घण्टा सुईलाई पनि ।

हो, हतार छ सबैलाई
हतार हतार हतार
सबै हतारमा छन्
यी हतारले
छुटेका छन् केही खुशीहरु
टुटेका छन् पिडाहरु
तर, हतारमा छ ढल्किँदो घाम
हतारमा छिपिँदो छ रात
हतारमा व्युँझिएको छ सुर्य
हतारमा छ सबै कुराहरु ।

म हतारमा पर्खिरहेका छु
एक जवान समय
जसले मलाई उस्तै ताजगी बनाउनेछ
अनि खोज्दै छु
एक दरिलो अँगालो
जसले विश्वास दिलाउने छ
यो रहरलाग्दो आभाष
यो आभाष पनि हतारोमै सकिनेछ ।

हो, एक दिन सकिने छ
सपनाहरु हतार हतारमा
हो, हतारमै सकिने छन् रहरहरु
हतारमै सकिने छ
यो जीवन पनि
सकिने छ हतारमै समय
हतारमै भुल्नेछन् नाम पनि ।

हो, हतारमै बग्ने छ समय
हतारमै सकिनेछ एक दिन
यति बेला हतारमै पोखिएका छन्
भावना पनि
हतार हतार हतारमा
कहाँ कहाँ भाग्छ मान्छे ?

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button