पोखराकी पारुको प्रिय ‘प्रेम’ पेन्टिङ

पोखरामा बस्छिन् पारु अधिकारी । र, भर्खरैको एक साँझ उनी नेपालनाम्चालाई मन खोलेर आफ्नो सर्वप्रिय पेन्टिङको ब्याकग्राउन्ड भन्दै छिन् । बाँकी उनकै शब्दमा:

यो मेरो अहिलेसम्मकै उत्कृष्ट पेन्टिङ हो । ‘रियालिटी अफ वुमन । नो मेन कुड रिच् । पेन मिक्स्ड् लभ’, यसको टाइटल हो ।

यो आर्ट बनाउँदा रेगुलर गर्न पाइनँ । बाबुनानी र घरको काम । त्यसैले फुर्सदको बेलामा मात्र गरेको भएकोले यो पेन्टिङ बनाउन मलाई ५–७ दिन लागेको थियो । रेगुलर बनाउन पाएको भए मैले लगभग दुई दिनमा भ्याउँथे ।

कतिपय घमन्डी पुरुष हुन्छन् र उनीहरुलाई आफु महिलाहरुभन्दा धेरै माथि भएको घमन्ड हुन्छ । होइन त ? त्यस्ता पुरुषहरुलाई मैले यो आर्टमार्फत प्रश्न गरेकी हुँ । प्रश्न हो, के महिलाहरुले पुरुषले गर्न नसक्ने काम गरेर देखाएका छैनन र ? र, महिलाले गर्ने यो काम कुन पुरुषले गरेर देखाउन सकेको छ ?

त्यही भएर कुनै पनि पुरुषले हामी महिलाभन्दा माथि छौं भनेर घमन्ड नगर्नु नै बुद्धिमानी हुन्छ भन्न खोजेकी हुँ मैले यो पेन्टिङमा ।

महिलाले पिडा भोग्न सक्छन् र त्यसमा उनीहरुको खुशी मिसिएको हुन्छ । त्यसमध्ये पनि सबैभन्दा धेरै पिडा हुने यो अवस्था सबैभन्दा सुखद क्षण पनि हो । मैले त्यो पनि भन्न खोजेको हो । अनि यो आर्टमा मैले आफ्नै विचार र आफ्नो भोगाईलाई व्यक्त गरेकी हुँ ।

यो बनाइरहँदा म एकदम एक्साइटेड थिएँ । खुशी पनि लागेको थियो । र, एकदम् ठूलो काम गरेँ भन्ने फिल पनि भइरहेको थियो ।

मैले जति पनि आर्ट बनाएकी छु, ती मध्ये सबैभन्दा मनपरेको, मन छोएको र एकदम ह्रदयस्पर्शी मलाई यही लाग्छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button