के गरी खानु, कसरी बाँच्नु भयो जिन्दगी
कविता
रतन साउँद
तिम्रो लागि कुनै बेला चाँचर भए यो जिन्दगीमा
तिम्रो उपस्थितिले तोरी लाहुरे हुनपुगेँ जिन्दगीमा ।
तिम्रो लागि तिर्षा तिर्सना भएकै हुँ नि जिन्दगीमा
आजभोलि खेल्ने खेलौना भएको छु नि जिन्दगीमा ।
तिम्रो मन भित्रको साँठ्गांठ थिएँ नि है जिन्दगीमा
तर आजभोलि दिर्घ रोगसरी भएको छु जिन्दगीमा ।
मनको सुवासिलो महक बनी महकाउँथे जिन्दगीमा
हेर्दाहेर्दै विश्वासघातको पात्र भएको छु जिन्दगीमा ।
प्रेम गर्नेले साच्चै आँखा नदेख्ने रहेछन् जिन्दगीमा
जवानीले बेहोस बनाई जलाउँदो रहेछ जिन्दगीमा ।
लोभीको मन बुझाउन खट्नपटन हुनुपर्ने जिन्दगीमा
लोभीको मन बुझाउँदा खुशी गुम्दोरहेछ जिन्दगीमा ।
मन मायाको महासागर भएको हुँ यो जिन्दगीमा
आजभोलि तिमीसँग होसियार छु यो जिन्दगीमा ।
फुट्न लाग्या बाँध झैं हुनथाल्यो आज जिन्दगी
हर्कतदेखि तिमीसँग छुटुँ छुटुँ झैं भयो जिन्दगी ।
मान्छे चिन्ने कसरी हो मैले खै जिन्दगीमा
कसरी रम्ने मैले तिमीसँग यो जिन्दगीमा ।
तिम्रो बसमा परी बर्बाद भयो जिन्दगी
के गरी खानु कसरी बाँच्नु भयो जिन्दगी ।