रतन साउँदको ‘अन्तरसम्बन्ध’

कविता

अँध्यारोलाई उज्यालोपना थाहा हुँदैन
उज्यालोलाई अँध्यारोपना थाहा हुँदैन
खण्डित सम्बन्ध राख्नेको मोह हुँदैन
तड्पन सञ्चित गर्नेहरुको रोह हुँदैन ।

जुनको उज्यालोमा दिन हुँदै हुँदैन
सुर्यको उपस्थितिमा पनि रात हुँदैन
मनमोहक पिरतीको कैलै खाक हुँदैन
चोखो मायामोह लाउनेको धाक हुँदैन ।

तिनको साथमा सधै मेरो साथ छ
मेरो उन्नतिमा उनैको पछाडि हात छ
हाम्रो अन्तर सम्बन्धको क्या बात छ
त्यसैले त हाम्रो एउटै थात र आत छ ।

मेरो वास्तविता उनमा प्रष्ट देखिन्छ
उनको भाग्यमा मेरो संघर्ष झल्किन्छ
उनको बिलौनाले व्यग्र ब्याकुल गराउँछ
तर, मेरो दरिद्र्ताले उनलाई चन्चल बनाउँछ ।


(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button