संसदमा एक दिन
कविता
हरि अधिकारी
एकजना बोलिरहेछ
अर्को उँघिरहेछ
र तेस्रो थुक्दैछ सूर्ति साँघुरा कुर्सीहरूको कापमा,
बहस पनि भइरहेछ,
विषय छन् अनेक–
संसद एउटा ठुलो फिकदानी हो कि होइन ?
कोही सोध्छ ।
संसद दुविधामा छ त्यो फिकदानी हो कि कन्टेनर ?
संसद चलिरहेको छ
सत्ताको डबलीमा तेलकासाको खेल भइरहेको छ
एउटा दुब्लो पातलो, भोको र नाङ्गो मान्छेलाई
बीचमा राखेर सांसदहरू
खेल्दैछन् त्यसलाई कसले पहिले छुने भन्ने खेल,
संसदबाहिरको दुनियाँ पनि हिँडिरहेको छ
चर्किएका कहताराहरू लिएर मान्छेहरू
संसद भवनतिर एकनाससित हेरिरहेका छन्
संसद चलिरहेको छ ।
…
(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)