के छ/छैन यहाँ ?
कविता
रतन साउँद
गौतम बुद्ध, सीता र भृकुटीको जन्मस्थल छ यहाँ
देवादीदेव महादेव श्री पशुपतिनाथको बासस्थान छ यहाँ
कला, संस्कृति र प्रकृतिको आनन्दमय देन छ यहाँ ।
खानी, जडीबुटी र हरियो बन नेपालको धन छ यहाँ
खोला, नदीनालाको उपाहार बिधुतको भण्डार छ यहाँ
सेवामूलक बुद्धि विवेक गरिए पर्यटनको उद्योग छ यहाँ ।
हिमाल, पहाड र तराईको भौगोलिक बिशेषता छ यहाँ
बख्खु, टोपी र धोतीको सम्बन्ध जोडी राख्नुपर्छ यहाँ
ढुंगाको भर माटो, माटोको भर ढुंगा हामी हुनुपर्छ यहाँ ।
चार जात, छतिस वर्णको सून्दर साझा फूलबारी छ यहाँ
गोड्मेल गरेर फलाउने फुलाउने कर्ताको खाँचो छ यहाँ
अझ मन मिलाउने, देश चलाउने नेतृत्वको अभाव छ यहाँ ।