स्कुले प्रेम

कविता

इन्द्र ढुंगाना ‘तिलस्मी दिप’
आरुचौर, स्याङ्जा, हाल पोखरा

घाम तपाउने सरको पिरियड
वरिपरि साथीहरू
देखिन तिमीलाई
मन हलुङ्गो भएन

पुस माघको मलिनो घाम
घाम तपाउने सरको काम
मुटुभरी तिम्रो नाम
खोज्दै यी नजर कता जाम ! कता जाम !

रगतले बनाएको मसी
दोबाटोमा बसी
प्रेमपत्र तिम्रो हातमा थमाउने
यो मनमा हुटहुटी मच्चिएसी
अक्षरमा भन्दा
तिम्रो कलिलो ! भर्भराउदो !
निर्दोष नजरमा
यो मन आल्झिएसी !
स्कुले प्रेमको सुरुवात भो !

मलाई खाना खाने मन भएन
पढ्ने त झन जाँगरै भएन !
तिमीलाई लेखेको
आकाशभन्दा फराकिलो माया
सागरभन्दा गहिरो माया
बुझाउने तागत नै भएन !

बसन्त गयो
बर्षा, हेमन्त, शिशिर सबै ॠतुहरु सकिए
यो मन
न तिमी समक्ष पस्किन सकेँ
न यो प्रेम बिसाउन सकेँ
अहिले हेरेको त
पत्र लेखेको कागज मात्रै छ
अक्षर छैन
अनि साथीहरू सबै भेटिन्छ्न्
तिमी भेटिएको छनौ
र, त मन हलुँगो भएन !
र, स्कुलबाट स्कुलसम्मै
स्कुले प्रेम अन्त्य पनि भो
तर, यो मन हलुङो भएन !


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button