आज सबै छ, लानु के नै रहेछ भनेर नाच्ने

सुरेशमान उलक
कला एन्ड कविता

हिजो के थियो र सोच्ने गर्छौ कसरी बाँच्ने,
आज सबै छ, लानु के नै रहेछ भनेर नाच्ने ।

लोभीपापी मन मानिसको विचार सधै लुट्ने,
आफ्नो र परिवार भन्दै सधैँ कति मरिमेट्ने ?

बिहान उठ्ने बितिकै मस्तिष्कलाई कति जोत्ने,
दुई छाक खान यस्तो प्रकृया निरन्तर कतिदिन भोग्ने ?

सबै वस्तु चाहिन्छ हेर्दा हेर्दा आँखा दृष्टि थाक्ने
अब भो भनेर कुनै मानिस पूर्ण बिराममा नबस्ने ।

कसैको दया धर्म छैन हेर बाचेसम्म सबैले थुक्ने
मरेपछि यस्तो राम्रो असल मान्छे भनी तिनैले भुक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button