
जन्मदिनमा जन्म दिनेको हातबाट कृति विमोचन
चित्रा पौड्याल कोइरालाले आफ्ना दुई कृति विमोचन गरेर जन्मदिन मनाएकी छिन् । मुक्तकसंग्रह शंखनाद र कवितासंग्रह श्वेत शिखर उनले आफूलाई जन्म दिने आमावुवाको हातबाट बिमोचन गरेर जन्मदिन मनाएकी हुन् । आमाबुवा दिवंगत भएपछि पुस्तक समर्पण गर्ने परम्परालाई तोड्दै जन्मदिनको दिन जन्म दिनेको हातबाट दुई वटा कृतिको बिमोचन गरेर आमाबुवाप्रति कृति समर्पित गरेको उनले बताइन् ।