गजल: पिंडालु माया
मित्र ‘उराठी’ गौतम
जता पनि ठ्याक्यै मिल्ने, मानौं तिमी आलु थियौ ।
मन्त्रमुग्ध बनाउने, सुन्दर र बैंशालु थियौ ।।
गाँजा, चरेस के लाग्दो हो, पिउनेलाई नै थाहा होला ?
आँखा जुधे लठ्ठै पार्ने, कस्तो नशालु थियौ ।।
गिद्दे नजर लगाएर, झम्टि हाल्ने बानी रै छ ।
जवानीको प्यासी तिमी, खुबै पो तिर्खालु थियौ ।।
सँगै बाँच्ने वाचा गर्यौ, जालभित्र फसाइ हाल्यौ ।
भोगे पछि थाहा भो बल्ल, कोक्याउने पिंडालु थियौ ।।